सोलोमन टापुमा ८ रेक्टरको भूकम्पपछि सुनामी (भिडियो हेर्नुहोस्।)

२४ माघ, एजेन्सी । सोलोमन टापु नजिकै ८ मेग्नेच्युडको भूकम्प पछि सुनामी आएको छ । भूकम्पको धक्काले सुनामी आएपछि टापुमा रहेका मानिसहरुलाई अन्यत्र सार्न थालिएको र उद्धारकै क्रममा सुनामीमा परि कम्तिमा ८ जनाको मृत्यु भइसकेको छ । भूकम्पीय जोखिममा पर्ने इपिसेन्टर नजिकै भएकाले लामो दुरीसम्म पनि यसको प्रभाव परेको बताइएको छ। अहिलेसम्म सान्ता क्रुजको लाता वार्फमा ९१ सेन्टिमिटर उचाईको सुनामी रेकर्ड गरिएको छ भने लुगानभिल्लीमा ११ सेन्टिमिटर रेकर्ड गरिएको छ । दी प्यासेफिक सुनामी वार्निङ सेन्टरले सुनामी विनाशकारी हुने चेतावनी दिएको छ । सोलोमोनका सरकारी अधिकारीहरुलाई उदृत गर्दै समाचार संस्थाहरुले टेलिफोन सेवा अवरुद्ध भएकाले थप सूचना उपलव्ध हुन नसकेको बताएका छन । अधिकारीका अनुसार सान्त क्रुज टापुमा १ ५ मिटर उचाईको समुन्द्री छाल आएको छ। प्रधानमन्त्री गोर्डन डार्सी लिलोका प्रवक्ता जर्ज हरमिङले जनाएअनुसार यो छालले ५० घरजति ध्वस्त पारेको छ । आधिकारिकरुपमा अहिलेसम्म मानवीय क्षतिको विवरण आउन सकेको छैन । गाउँलेहरु आफ्नो बस्ती छाड्दै उच्च भूभागतिर लागेका छन्। लातेस्थित माछुवारा केन्द्रका अधिकृत लुकी तौलाले सुरुमा सानो छालका रुपमा आएको भएपनि पछि समुन्द्री आँधीको ठूलो वेव देखिएको बताए। source : topnepalnews