११ फागुन, रौतहट । कास्कीको मिलनचोक १ घर भई रौतहत बस्दै आएकी एक नाबालिकालाई श्रीमती भन्दै दुईजनाले दाबी गरेपछि रौतहट प्रहरी तनावमा परेको छ । १४ बर्षकी नाबालिकालाई एक नेपाली र एक भारतीय नागरिकले आफ्नी श्रीमती भएको दाबी गर्दै निवेदन दिएपछि यो अवस्था आएको हो ।
नाबालिकासँग बिहे गरेको जानकारी पाएपछि प्रहरीले श्रीमती दाबी गर्ने दुबैजनालाई पक्राउ गरेको छ । कास्की जिल्ला घर भएकी अन्दाजी १४ बर्षकी नाबालिकाको श्रीमान भएको दाबी गर्नै दुबैलाई इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानका लागि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सन्तुपुर दोस्तिया गाविस ३ घर भएका २५ वर्ष रोकशराय यादवले कास्की मिलनचोक घर भएकी १४ बर्षकी नाबालिकासँग विवाह गरेको खबर राजधानी दैनिकले छापेको छ । यादब ३ भदौं २०६९ मा विवाह गरेर सन्तपुर दोस्तियास्थित आफ्नै घरमा बसेका बेला भारतीय नागरिक गणेश गिरीले ती नाबालिका आफ्नी श्रीमती भएको जिकिर गरेका हुन् ।
भारतको पूर्वी चम्पारण घर भएका गिरीले आफ्नी श्रीमती भए पनि उनी नगद र गरगहनासहित भागेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएका हुन् । नाबालिका र उनलाई श्रीमती दाबी गर्ने दुबै जना प्रहरीको हिरासतमा छन् ।
१४ बर्षकि नाबालिकाका दुइ श्रीमान!