घरको पर्खाल भत्कदा बालिकाको मृत्यु

११ फागुन, बर्दिया । बर्दियाको गुलरियामा घरको पर्खाल भत्कँदा एक बालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका -८, बागेश्वरी टोलकी ८ बर्षकी स्पन्दन आचार्यको पर्खाल भत्कँदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा ज्यान गएको हो ।



यसैगरी बाटोमा रोकी राखिएको ट्रयाटरको ट्रालीमा मोटरसाईकल ठोकिएर एक जनाको ज्यान गएको छ । बनियाभार-१, बुढीखोला नजिक बर्दिया राष्ट्रिय निकुन्ज भित्र, को १ त ४९१४ नम्बरको ट्रयाक्टरको ट्रालीमा मगरागाडीबाट भुरीगाउँतर्फ जाँदै गरेको भे २ प ९७१५ नम्बरको मोटरसाईकल ठोकिँदा बर्दिया शिवपुर-२ निवासी बर्ष ३१ का सुरेन्द्र बुढाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय मोतिपुरका ईन्चार्ज प्रहरी निरीक्षक रुपेश रावलले जानकारी दिनुभयो । मृतक बुढा राष्ट्रिय बाणिज्य बैंक भुरीगाउँमा सेक्युरेटी गार्डको रुपमा कार्यरत थिए ।