माओवादी चुनावबाट डरायो : नेपाल, कोइरालाको विकल्प काँग्रेसबाटै : ओली एमओवादीले ल्याउन नयाँ सूत्र जालझेलकै हुने वामदेवको दावी
२२ माघ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादीले निर्वाचन नचाहेका कारण मुलुकमा निर्वाचन हुन नसकेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले सोमबार स्याङ्जाको वालिङमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले भन्नुभयो-’पटकपटक निर्वाचन गराउनका लागि मिति तय गर्ने नाटक गर्ने तर नगर्ने एमाओवादीको चरित्रका कारण निर्वाचन हुन नसकेको हो ।’ चुनाव नचाहेको एमाओवादीले पटकपटक चुनावको नाटक रचेर जनतालाई झुक्याएको छ, त्यसको भ्रममा हामी पर्नेवाला छैन् भन्दै नेता नेपालले एमाओवादी चुनावबाट डराएकोसमेत आरोप लगाउनुभयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डले सर्वसत्तावाद लाद्न खोजेकाले पनि दलीय सहमति हुन नसकेको भन्दै उहाँले एमाओवादीमा सर्वसत्तावादको धम्की कायम रहेसम्म कुनै पनि हालतमा सहमति जुट्न नसक्ने बताउनुभयो ।
यस्तै एमाले नेता केपी ओलीले एकीकृत माओवादीले भने जस्तो स्वतन्त्र व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी बाँकेले सोमबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो -’पहिलेको सहमतिअनुसार राष्ट्रिय सहमतिको सरकार नेपाली काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा नै गठन गर्नु सबै दलका लागि हितकर हुन्छ ।’
नेता ओलीले यदि, दलहरुबीच प्याकेजमा सहमति हुने अवस्था आयो भने कांग्रेस सभापति कोइरालाको विकल्प उसकै दलबाट खोज्नुपर्नेमा जोड दिनुभयो । ओलीले वर्तमान सरकारको नेतृत्वमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने तर्क राख्नुभयो । नेता ओलीले नैतिक र संवैधानिक आधार गुमाएको वर्तमान सरकारले गर्ने निर्वाचनमा भाग लिनु भनेको आत्मसमर्पण गर्नु जस्तै हुने बताउनुभयो ।
नयाँ सूत्र जालझेलकै हुने वामदेवको दावी
एमाले उपाध्यक्ष वामदेव गौतमले एमाओवादीले मधिवेशन पछि ल्याउने सूत्र पहिले झै जालझेलको नै हुने बताउनुभएको छ । प्रेस चौतारी मोरङले सोमबार विराटनगरमा गरेको कार्यक्रममा गौतमले भन्नुभयो- ‘एमाओदीले अब ल्याउन सूत्र भनेको कहिल्यै कसैले व्याख्या गरेर नसक्ने कौमुदीशास्त्रकेा सूत्र जस्तो हो, जसको नत पुच्छर भेटिन्छ नत टाउको नै समाउन सकिन्छ ।’ उहाँले प्रचारमा आएजसरी नै माओवादीले रुपान्तरित भएर सबैलाई सहमत हुने खालको सुत्र ल्याएमा राष्ट्रिय सहमति बन्न सक्ने बताउनुभयो ।
वामदेवले माओवादीको नयाँ सूत्र अन्तराष्ट्रिय मान्यता अनुरुपको मानवअधिकार र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले फेरि शंका गर्दै भन्नुभयो-’तर हामीलाई बिश्वास छैन, यो सबै जनतालाई भ्रममा पार्नमात्र भनिएको हुनसक्छ ।’
गौतमले एमाओवादी र मधेसी मोर्चाको कारणले संविधानसभा विघटन भएको आरोप लगाउँदै दलीय सहमतिबिना अन्तरिम संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने ठोकुवासमेत गर्नुभयो ।