पारससँगै छोरी पनि गम्भीर बिरामी हिमानी बैंकक नजाने हेर्नुस् (भिडियो तथा समाचार)

पारससँगै छोरी पनि गम्भीर बिरामी हिमानी बैंकक नजाने



पूर्वयुवराज पारससँगै छोरी पनि गम्भीर बिरामी, हिमानी बैंकक नजाने parasकाठमाडौ,फागुन ८ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि थाइल्यान्डको राजधानी बैँककस्थित समितिवेज अस्पतालमा उपचार भैरहेको छ । पारस विगत लामो समयदेखि परिवारसहित थाइल्याण्डको राजधानी बैंकक बस्दै आएका थिए । पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकका अनुसार पारसको अवस्था बिस्तारै सुधार हुन थालेको छ । पारसको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ। स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुन थालेको छ । उहाँका अनुसार पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । सिमरामा रहेको बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतारहतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो ।