उपप्रधानमन्त्री श्रेष्ठले कार्यकर्तालाई बाँडे ५० करोड

२२ माघ, काठमाण्डौं । स्थानीय परिषद्बाट स्वीकृत कार्यक्रमलाई बजेट नपुगेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधान उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना कार्यकर्ताका १ हजार साना आयोजनालाई ५० रुपैयाँ बाँडेका छन् ।


मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालय सिँचाई, खानेपानी, ग्रामीण सडकजस्ता आयोजनालाई न्यूनतम् ३ लाखदेखि २० लाख रुपैयाँसम्म खर्च गर्न जिविसहरुलाई अख्तियारी पठाएका छन् । चुनाब खर्चका लागि भन्दै स्थानीय निकाय अनुदानसहित अधिकांश कार्यक्रमको बजेट कटौती गरेको सरकारले जनसहभागितामा आधारित कार्यक्रमका लागि भन्दै यो रकम बाँडेको कारोबारमा खबर छ । यसको संयोजक पनि मन्त्री श्रेष्ठ नै रहनुभएको छ ।