‘निन्द्रामा बलात्कार’ गर्नेलाई ८ वर्ष जेल

मदिरा पिलाएर १५ वर्षीया किशोरीलाई बलात्कार गरेकोमा बेलायतमा एक अभिनेतालाई ८ वर्षको जेल सजाय सुनाइएको छ । ४२ वर्षीय टेलिभिजन अभिनेता साइमनज मोरिसले भने सेक्सोमेनियाका कारण भएको र आफू त्यसबाट पीडित रहेको बताएको छ । घटना हुँदा आफू गहिरो निन्द्रामा रहेको र घटनामा के-के भयो आफूलाई स्मरण नरहेको उनको दावी छ ।







कार्डिफ क्राउन कोर्टका न्यायाधीशले भने मोरिसले धाराप्रवाह झुट बोलेको बताएका छन् । उनी गत डिसेम्बरमा बलात्कारको घटनामा दोषी ठहरिएका थिए । सुनुवाईका क्रममा बताइए अनुसार मोरिसलाई एक पार्टीमा ति किशोरीले मदिरा बाँड्न सघाए । तर, विहान ६ बजे उक्त किशोरीको कोठामा पुगेर मोरिसले उनको बलात्कार गरे । डाक्टरले जाँच गर्दा मोरिसमा निन्द्रामै हिड्ने गुण पाइएको छ । तर उनमा सेक्सोमेनिया रहेको अस्वीकार गरेको छैन ।