पारसको हातगोडा चल्न थाले (विज्ञप्तीसहित)

काठमाडौं, फाल्गुन १६ - थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पताललमा उपचाररत पूर्वयुवराज पारस शाहको हातगोडा चल्न थालेका छन् । पारसको पछिल्लो स्वास्थ्यस्थितिबारे अस्पतालले बुधबार साँझ विज्ञप्ती जारी गर्दै हातगोडामा चाल देखिएको जनाएको छ । 'केही अङ्गहरुमा सहज चाल देखिएको छ,' विज्ञप्तीमा लेखिएको छ, 'औषधीको आवश्यकाबिनै मुटुको धड्कन र ब्लडप्रेसर नियन्त्रणमा आएको छ ।'



परिन्या कुनावुतद्वारा जारी विज्ञप्तीमा पारसको अवस्था भने 'गम्भीर तर स्थिर' रहेको उल्लेख छ । हृदयघात भएपछि फागुन ८ गते अस्पताल भर्ना भएका पारसको अवस्थामा उल्लेख्य सुधार आएको छैन ।

आफन्तहरु बैंककमा
पारसलाई हृदयघात भएको खबर पाएलगत्तै बहिनी प्रेरणा बैंकक पुगेकी थिइन् ।
स्थिति सुध्रने आशमा रहेका परिवार तथा आफन्त झन् आत्तिए जतिबेला पारसको निधन भएको खबर सामाजिक सञ्जालमा फैल्याइए । त्यहि दिन श्रीमती हिमानी बैंकक पुगिन् ।

बैंककमा अमेरिका, बेलायतमा रहेका टाढा टाढा रहेका नातेदार पनि आएका छन् । जन्मदिन बनाउन बाराको सिमरा पुगेका पूर्वराजदम्पत्ति काठमाडौं फर्केलगत्तै