जिउँदो बच्चालाई मृत घोषणा गरेपछि….

२४ माघ, जनकपुर । बेदनाले छटपटाउने प्रसूती र बच्चाको हेरचाह गर्नुपर्ने जनकपुरको एक अस्पतालमा सोमबार फेरि एक जीवित बच्चालाई मृत घोषणा गरेपछि स्थिति अर्कै बन्यो ।

जानकी मेडिकल कलेजद्धारा सञ्चालित सिटी हस्पिटलमा धनुष, सखुवा महेन्द्रनगर ४ चक्रपुर टोल बस्ने सम्सा खातुन प्रसूती उपचारका लागि आइतबार राती ११ बजे सिटी हस्पिटलमा भर्ना भएकी थिइन् । सस्सा प्रसव पीडाले छटपटाइरहेकै बेलादेखि अस्पतालका कर्मचारी तापरबाही गरिरहेका थिए । पीडाले उनी बेहोस भएपनि अस्पतालले खासै मतलब राखेन । अन्ततः सम्साले सोमबार बिहान ५ बजे छोरीलाई जन्म दिएकी थिइन् । बच्चा जन्मेेको केही छिनमै अस्पतालमा कार्यरत चिकित्सकद्धारा मृत घोषणा गरियो र प्लास्टिकको झोलामा राखेर अस्पतालकै बेडमुनि राखियो ।

तर अस्पतालले मृत घोषणा गरेको तीन घण्टापछि बच्चा रुन कराउन थालेपछि त्यहाँ उपस्थित सवैजना आश्चर्यचकित भएका थिए । केही घण्टाका लागि अस्पताल परिसर तनावग्रस्त पनि बन्यो । सम्सासँगै अस्पताल आएकी सम्साकी आमा सैफुल नेसाले अस्पतालका कर्मचारीले बच्चालाई मृत घोषणा गरी फ्याक्नसमेत खोजेको सुनाईन् । उनले भनिन् ‘चिकित्सकले बच्चा फ्याक्न भन्यो तर आफुहरुले बच्चालाई नफाल्नुस मेरो मान्छे आउँदैछन्, हाम्रो संस्कारअनुसार बच्चालाई बकव्रस्तानमा लगेर दफनाउनेछौ भन्यौं । त्यसपछि नर्सले प्लास्टिकमा बेरेर सम्सा बसेको खाटमुनि राखेकी थिइन् । तर बच्चा जिँउँदै रहेछ

कुरुवाकै रुपमा अस्पताल आएका मधेश क्रान्ति फोरम नेपालका सदस्इ मो. साजिल हुसैन यो घटनाले अस्पतालकै सेवामाथि प्रश्न उठेको बताएका छन् ।