बलिउड नायिका प्रियंकाको बिहे 'महादेव'सँग हुने पक्का पक्की
मुम्बई, माघ २४ (एजेन्सी) - बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढ्दो छ। यसै क्रममा पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको पनि यसै वर्ष बिहे हुन लागेको 'बलिउड मन्त्र'ले जनाएको छ। रिपोर्टका अनुसार उनको जोडीका लागि उनका आफन्तले 'महादेव' लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको नाम उनकी काकीले रोजेकी हुन्।
बलिउड मन्त्रका अनुसार प्रियङ्कालाई पनि मोहितको नामले मोहित बनाएको जस्तो देखिएको छ।
सन् २००० मा मिस इन्डिया र मिस वर्ल्ड जितेकी प्रियङ्का सन् २००२ मा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन्। तमिल फिल्मबाट सुरु भएको उनको यात्रा अन्दाज फिल्म हिट नभएसम्म उल्लेखनीय भएन। त्यसपछि भने उनले निकै हिट फिल्महरु दिएकी छिन्।
टेलिभिजनमा पनि उनले खतरोँका खेलाडी नामको कलर्स टिभीको कार्यक्रम होस्ट गरेकी थिइन्।
गत वर्ष उनले अंग्रेजी गीत पनि गाएकी थिइन्।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं