डाकाहरुले कतारमा एक नेपालीको रडले हानेर हत्या गरे


२१ माघ,काठमाडौ। कतारमा एक नेपालीको हत्या भएको छ। कतार स्थित पानासोनिक नासिरविन खालि नामक कम्पिनिमा सेक्यूरीटी गार्डको काम गरिरहेका सोनेलाल यादवको हत्या भएको हो । यादवको फलामे रड प्रयोग गरी तीनदिन अगाडि हत्या भएको खबर छ।

कम्पनी हाता भित्रबाट गाडि चोरेर भागिरहेका डाकाहरुसंग उनले प्रतिकार गरदा उनको रडले हानेर हत्या गरिएको बताइएको छ ।हत्यामा संलग्न भएको आरोपमा ३ जना बंगलादेशी नागरीक पक्राउ परेका छन् । उनको स्थाई घर सिरहाको बस्तिपूर गा.वि.स.वडा नं. ५ हटलेटवा भएको बताइएको छ।