बालिका बलात्कार गर्ने हिरासतमा
गजुरी (धादिङ), माघ २२- दक्षिण धादिङको गजुरी गाविस वडा नं १ रामजारकी एक चार वर्षीया बालिकालाई छिमेकीले शनिबार बेलुका बलात्कार गरेका छन्। बालिकालाई ललाइफकाई घर नजिकै एकान्तमा लगेर छिमेकका ४५ वर्षीय सुब्बा मिजारले बलात्कार गरेको र पीडकलाई गिरफ्तार गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामहरि पाण्डेले बताए।
पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालयले बालिकामाथि जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी आइतबार हिरासतमा लिएको हो।
पीडित बालिकाको गजुरी अस्पतालमा उपचारगरिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ।गएको एक महिनाको अवधिमा तीन बालिकामाथि बलात्कार भएको र यससम्बन्धी जिल्ला प्रहरी कार्यालयमा मुद्दा चलिरहेको छ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं