इरानले अन्तरिक्षमा बाँदर पठायो

१६ माघ, काठमाण्डौं । इरानले एउटा बाँदरलाई अन्तरिक्षमा पठाएर पृथ्बीमा सफतापूर्वक अवतरण गराएको छ । इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होर्मुजको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिका सशंकित भएको इरानको सरकारी सञ्चार माध्यम इर्नाले सोमबार जनाएको छ ।

यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेपनि इर्नाले भने गृहमन्त्रालय स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

अन्तरिक्षमा बाँदर पठाइएको र अवतरण भएको ठ्याक्क तिथिमिति इर्नाले उल्लेख नगरे पनि परीक्षण गएको साता गरिएको जनाएको छ । गएको साता मुस्लिम पैगम्बर मोहम्मदको जन्मदिनताका परीक्षण गरिएका समाचारलाई उदृत गर्दै नागरिक दैनिकले खबर छापेको छ । काभोस्गर रकेटबाट बाँदरलाई एकसय २० किलोमिटर भन्दा माथि प्रक्षेपण गरिएको र सफलतापूर्वक अवतरण गरिएको इर्नाले जनाएको छ ।