७ बर्षपछि इजलासमा न्यायाधीशको बल्ल बोली फुटे

अदालतमा चर्को बहस हुँदा पनि न्यायाधीश चुपचाप बस्नु र कुनै सबाल-जवाफ नगर्नु प्रायः असम्भव नै मानिन्छ । तर, अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश क्लेरेन्स थोमस पछिल्लो ७ वर्षदेखि अदालती शुनुवाईका क्रममा एक शब्द पनि बोलेका छैनन् ।

तर, गत सोमबार उनको मौन ब्रत तोडिएको बीबीसीले जनाएको छ । ६४ वर्षीय थोमसले अदालती सुनुवाईका क्रममा हावर्ड र येल विश्वविद्यालयमा अध्ययन गरेका वकिलहरुको बारेमा भएको ठट्टाका क्रममा आफ्नो मौनता तोडेका हुन् । अदालतको रेकर्डका अनुसार उनले ‘हेनुर्स, त्यो हैन ….’ भन्नासाथ अन्य न्यायाधीशहरु गलल्ल हाँसेका थिए । न्यायाधीश थोमसले सन् २००६ को फेब्रुअरीबाट अदालतमा कुनै प्रश्न सोध्नु भएको छैन र आफ्नो राय पनि दिनुभएको छैन । समाचार एजेन्सीले एक वकिललाई उदृत गर्दै जनाएअनुसार येल विश्वाविद्यालयमा पढाईका लागि हुने खर्चलाई लिएर भएको ठट्टामा न्यायाधीश बोल्न बाध्य हुनुभएको थियो । थोमस पनि सोही बिश्वबिद्यालयका कानुन ग्राजुएट हुनुहुन्छ । यो ठट्टा ९ न्यायाधीशको इजलासमा बोयर र लुइनियानाबीच मुद्दाको सुनुवाईका क्रममा भएको हो । यसमा जोनाथन बोयर आफूलाई हत्या अभियोगमा दोषी ठहर गर्ने फैसलाविरुद्ध अपिल गरिरहेका गिए । किनकी मुद्धा सुरु हुनु अघि नै उनले ७ वर्ष जेल सजाय भोगिसकेका थिए ।