विश्वविद्यालयमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८३ को ज्यान गयो

माघ ३ । सिरियाको एलोप्पो शहरको विश्वविद्यालयमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८३ जनाको ज्यान गएको छ । सिरिया सरकारले विश्वविद्यालयमा विद्रोहीले रकेट आक्रमण गरेको आरोप लगाएको छ भने विद्रोहीहरुले युद्धक विमानबाट विश्वविद्यालयमा मिसाईल आक्रमण भएको दावी गरेका छन् । तर बीबीसीले विस्फोटको कारण स्पष्ट नभएको जनाएको छ । मारिनेमा अधिकांश विद्यार्थी छन् । विश्वविद्यालय भवन र नजिकका बासिन्दाहरुको घरमा ब्यापक क्षति पुग्ने गरी गराईएको विस्फोटमा परी कयौं घाईते भएका छन् । सिरियामा जारी सरकार बिरोधी प्रदर्शन र विद्रोही तथा सरकारी सेनाबीचको भीडन्त एलोप्पो शहरमा केन्द्रित रहदै आएको छ ।