हत्या गरेको अवस्थामा दुई महिलाको शव फेला

बुटवल,माघ ३ । रुपन्देहीको हनैर्यामा दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार करिब ६० मिटरको अन्तरमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको अवस्थाम दुई महिलाको शव भेटिएको हो । हत्या गरिएकाहरुमा अन्दाजी २८ बर्षिइ बसन्ती थारु र अन्दाजी ३४ नर्षिय आरती लोध रहेको प्रहरीले बताएको छ । घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थाम मंगलबार राती शव भेटिएको र अहिले अनुसन्धान भैरहेको बेथरी प्रहरी चौकीका प्रमुख खिम बहादुर धर्ती मगरले जानकारी दिनु भयो । घटनाकाका विषयमा अन्य विस्तृत विवरण आइृ नसकेको र घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोधपुच गर्न स्थानिय माछा पोखरीका सञ्चालक त्रिलोकराज चौधरी र दुई जना हत्या भएका महिलाका छोराहरुलाई नियन्त्रणमा लिएको छ ।