मेरो सत्ता भए १८ वर्ष उमेर पुगेका सबैलाई अनिवार्य सैनिक तालिम दिन्छु : दाहाल

माघ १७ - एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो सत्तामा १८ वर्ष उमेर पुगेका सबै नेपालीलाई सैनिक तालिम दिने बताएका छन्।

सातौँ अधिवेशनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रतिवेदनमा भनेका छन् ‘राष्ट्रिय सुरक्षा हितलाई ध्यानमा राखी १८ वर्षमाथिका स्वस्थ नागरिकलाई सैनिक शिक्षा र तालिम व्यवस्था गरिने छ ।’ दाहालले प्रतिवेदनमा आफ्नो सत्ता भए यस्तो व्यवस्था गर्ने उल्लेख गरेका हुन् ।

हेटौडामा हुने सातौँ अधिवेशनको लागि दाहालले तयार पारेको ‘नेपाली क्रान्तिको नयाँ संश्लेषणःआजको ऐतिहासिक आवश्यकता’ शीर्षकको उक्त प्रतिवेदनमा १८ वर्ष पुगेका स्वास्थ्य सबै नागरिकलाई सैन तालिम दिने व्यवस्था गर्ने उल्लेख गरेका हुन् ।
दाहालले सोही प्रतिवेदनको पृष्ठ ५१ मा भने सैनिककै विषयमा लेख्दै समूहगत सहभागिताको विपक्षमा यस्तो धारणा उल्लेख गरेका छन् ‘समावेशिताको नाममा राष्ट्रिय सेनाभित्र जातजाति, जनजाति, भूगोल आदिका नाउमा अलग्गै समूहको विशेष प्रवेश तथा इकाई खडा गरिने छैन ।’