हामीजस्तो बोकालाई तताउनकै लागि त फेशन गर्ने हो

स्वरूप आचार्य- काठमाडौँको मौसम चिसो छ। यो चिसो मौसममा तातो पार्ने कुराको कमी भने छैन यहाँ। सबैले आफूलाई तताउन जानेका छन्। तात्ने कसरी? त्यो आफूमा भर पर्ने कुरा त हो नि। यो जाडोमा बाख्रीहरूले गरेको फेशन देख्दा जिउमात्र होइन, धेरै कुरा तातेर आउँछ। हुन त तिनीहरूले हामीजस्तो बोकालाई तताउनकै लागि त फेशन गर्ने हो। नत्र त गुन्युचोलीलाई वानपिस वा टुपिस ड्रेसले किन फेजआउट गर्थ्यो होला र? बाख्रीहरूले यो जाडोमा लगाएको टाइट ट्राउजरमा लङ बुट देख्दा भित्रभित्र न्यानो भएर आउँछ। एकपटक बोके मण्डलीको जमघटमा मैले सोधेको पनि थिएँ, ‘हैन, त्यो ट्राउजर फेशनमात्रै हो कि त्यसले जाडो पनि छेक्छ?’ एउटा बोकाले उत्तर दिएको थियो, ‘मलाई पनि त्यस्तै लागेर सोधेको थिएँ। एकदमै तातो हुन्छ रे। मैले त बाइक चलाउनुपर्छ। एकपटक ट्राई गर्नुपर्छ कि भनेर पनि सोचेको थिएँ।’ जे होस्, छोपेर तताए पनि, देखाएर तताए पनि, त्यो ज्यानमा आगो चाहिँ हुन्छ है।काठमाडौँलाई बाख्रीको लुगाले जति नै तताए पनि, अहिले काठमाडौँका सडकमा आवारागर्दी गर्दै हिँड्ने बोका र बाख्रीहरूको नाकमा नत्थी लगाउन कम्मर कसेर लागेका जखमले बोकाले भने साँच्ची नै र्‍याक हानेको छ। क्रिसमस र न्यू इयर इभ त झ्वाम्मै डुबायोे। यही ताल हो भने अब भ्यालेन्टाइन पनि झ्वाम पार्ने भयो भनेर बोकाहरूलाई नराम्रो चिन्ता परेको छ। हिजोआजका बाख्रीहरू दुई सट टकिला र दुई पेग भोड्का विद क्रानबेरी नहानी पार्टी गएकै सम्भि्कँदैनन्। उनीहरू मुडमा नआई बोकाहरू तात्ने पनि कुरा भएन। बिनाटकिला बाख्री तताउन खोज्ने बोकाहरू अहिले जोखिममा छन्। यसै पनि ‘अकुपाई बालुवाटार’ मुभमेन्टको पारो माथि चढेकै छ। चिसो मौसममा दुई सट टकिला हानेर हिटर ताप्न त रमाइलै हुन्छ। तर, टकिला हानिसकेपछि कहाँ गएर हिटर तताउने भन्ने समस्या ठूलो छ। टकिला हानेर बाख्रीलाई पछाडिबाट च्याप्प समाउन लगाएर बाइकमा हुइँकिदै कुनै साथीको फ्ल्याटमा छिर्न त मजा पो आउँछ। फेरि तर। तर, यो सबै जखमलेलाई कसले सम्झाउने? पहिलाजस्तो सुटुक्क गएर क्लास लिन्छु, चार बोतल बियरको पैसा बुझाउँछु अनि त फेरि रमाइलै-रमाइलो भन्ने दिन पनि गए। लाइसेन्स नै प्वाल पारेपछि त बोकाहरूको नाकै छेडेर नत्थी लगाएजस्तो भइहाल्यो नि। हुन त हिजोआज मर्निङ वाक ‘बेड टु रोड’ होइन, ‘रोड टु बेड’ भएको पनि सुनिन थालेको छ। गर्ने के? समय जति नै परिवर्तित भए पनि टाउकोमाथि घाम नपुगी खाट छोड्न त भुइँचालो नै आउनुपर्छ हामी बोकालाई। त्यसैले मर्निङ वाकको विकल्पको पनि काम छैन। उरन्ठेउला बूढाहरूलाई त ठीकै पनि होला। आखिर त्यो पनि त व्यायाम नै हो।अहिले त डेटिङ-भेटिङ रेस्टुरेन्ट, क्लब वा डान्स पार्टीमा हुँदैन। विशुद्ध कफीमात्र सर्भ गर्ने क्याफेहरूलाई चिट्ठा परेको छ। विचरा बोकाहरू! अगाडि बसेकी बाख्रीको ओठमा क्याफे मोक्का विद चकलेट क्यारेमल खाँदा लागेको फिज देखेर मुख मिठ्याउन बाहेक केही गर्न सक्दैनन्। एउटा साथी बोके कुरा हुँदा भन्दै थियो, ‘यार, मेरी मैयाले त र्‍याक हान्न थाली नि। जुन दिनदेखि दिल्ली विद्रोह भयो, यहाँ पनि छ्यापछ्यापती न्युजहरू आउन थाले। अनि त मैयाको भाउ नै बढेको छ। जे भने पनि ह्यारेसमेन्ट गर्‍यो भन्दिँऊ भन्छे बा! आँटै आउँदैन हो!’ अर्कोले त्यसैमा थपेको थियो, ‘त्यति मात्र होइन, अहिले त झन्, हामीले फोर्स गर्दैनौँ भन्ने थाह पाएर। सिग्नल दिएर तड्पाउँछन्।’ हुन त कसैलाई पनि उसको राजीखुसीबिना कुनै पनि कुराका लागि बाध्य पार्नुहुँदैन। यो कुरामा बोकाहरू पूर्ण सचेत छन्। जसले पनि कुकृत्य गरेका छन्, ती ध्रुबे हात्तीजस्तै रिसाहा हुनुपर्छ। नत्र त किन प्रेम गर्न नपाएकै झोकमा नरसंहार गर्थे र? कारण जे सुकै होस्। कुनै पनि प्रकारको अत्याचार कसैलाई पनि गर्न पाइँदैन। आफँैले आफूलाई भगवान् हुँ भनेर पुज्न लगाएका स्वघोषित महामानवले केटीहरूले लगाउने लुगा, उनीहरूको व्यवहार र बद्लिँदो समाजलाई धेरै दोष दिए। तर, के त केटीहरूले हट लुगा लगाउँदैमा हट केक नै हुन्छन् त, जसले चम्चा गाडे पनि हुने? वाहियात कुरा। तर, भगवान्का एजेन्टहरूसँग भने डराउनुपर्दैन है। किनकि, अधिकांशसँग चम्चा नै नभएको स्रोतले दाबी गर्छ। सबैकुरालाई थाँती राखेर यसो सोचेको, ‘जाडो महिनामा नै दुराचारीहरू किन बढ्छन्? यो संयोगमात्र हो कि?’ तर्कनाको उत्तर तर्कनाले नै दियो। बोके दिमाग न हो। ‘जुन कुरा लुकेको हुन्छ। त्यसैलाई उजागर गर्ने सबैको चाहना हुन्छ। जाडो याममा पनि सबैले लुकाउँछन्। अत्यधिक कल्पनाशक्ति भएकाहरू आफ्नो कल्पनामाथि लगाम कस्न नसक्ने हुन्छन् र कुकृत्य गर्छन्।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।