नाईट क्लबमा भीषण आगलागीमा कम्तिमा २४५ को मृत्यु !!

एजेन्सी, माघ १४ । ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एक नाईट क्लबमा भीषण आगलागी हुँदा कम्तिमा २४५ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घाईत सयौंको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । क्लबको ब्याण्डले स्टेजमा पटाका पड्काएपछि आगो सल्किएको बीबीसीले जनाएको छ । उक्त क्लबमा एउटा मात्र ढोका भएकोले आगलागीपछि मानिसहरुबीच भागदौड मच्चिएको थियो । आगलागीपछि निस्किएको विषालु ग्याँंसले निस्सासिएर धेरैको मृत्यु भएको समाचारमा जनाइएको छ । दुई हजार जना अट्ने क्षमता रहेको नाईट क्लब घटना भएको समयमा भरिभराउ थियो ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।