बढ्दैन हिरोईनको रेट….
निर्माताले एउटा फिल्ममा डेढ करोड सम्म लगानी गरेर के भो त । हिरोईनको भागमा अझै अढाईलाख पर्न मुस्किल छ । हिरो हिरोईन वा अन्य प्राविधिकलाई राम्रो पारिश्रमिक दिनुको साटो मिलाएर काम गराउन खोज्ने निर्माताहरु धेरै छन् नेपाली फिल्म उद्योगमा । हिरोईन बन्न काठमाडौ आएका जस्ता पनि युवति (क्षमता नभएकाहरुले पनि )ले काम पाउनुको खास कारण यहि हो भन्छन् केही निर्देशक । केही गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा हिरोईनको पारिश्रमिक थोरै भयो भनेर बहस गरिएपनि पारिश्रमिक नबढ्नुमा हिरोईन नै जिम्मेवार रहेको यथार्थ बिर्सन हुदैन । पारिश्रमिकमा कुरा नमिलेकै कारण यो वर्ष मात्रै दुई फिल्म छाडेको धारणा राख्ने रेखा थापा अहिले एउटा फिल्ममा काम गरेवापत दुईलाख पचहत्तर हजार पारिश्रमिक लिने गरेको बताउछिन् ।
यति घटिमा काम गर्दिन भने पनि कतिपय निर्माताले हाम्रो त पुरानो सम्बन्ध हो भन्दै कम पारिश्रमिकमा काम गराउन खोजेको अनुभव रेखाले पटक पटक गरेकी छिन् । उनि भन्छिन ‘ब्यबसायिक हुनुहोस भन्दै उल्टै हामीहरुले निर्मातालाई सिकाउनु परेको छ ।’ हिरोईनको पारिश्रमिक नबढ्नुमा निर्माता त दोषी छन् नै केही हिरोईनको कमजोरीले पनि थोरै पारिश्रमिकमै काम गराउनेहरुलाई बल पु¥याएको छ । रेखाले नस्वीकारे पनि पारिश्रमिक बढाएकै कारण उनलाई काम गराउने निर्माता क्रमश घट्दैछन् । एउटी सक्षम हिरोईनलाई राम्रो पारिश्रमिक दिएर काम गराउने भन्दा पनि काम चलाउलाई थोरै पैसा दिनुलाई सफलता ठान्नेहरु धेरै छन् । पुराना पुस्ताका कतिपय नायिकाले अहिले पनि एक लाखकै हाराहारीमा काम गर्ने गरेका छन् । पचास साठी हजारमै खुसी भएर काम गर्नेहरु पनि कम छैनन् । राजमा एकलाख पचास हजार लिएर काम गरेकी रेजिना उप्रेतिले अर्को फिल्म ‘माटो’ मा एकलाख पनि पारश्रमिक लिईनन् । धेरै पारिश्रमिक लिएर काम गर्नुपर्छ है भन्ने खालका बहसमा हस भने पनि काम नपाईएला कि भनेर थोरै पारिश्रमिकमा निर्मातासंग सम्झौता गर्नेहरुमा हिरोईन नै अगाडी छन् । निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा लगायतले राम्रो पारिश्रमिक लिएर काम गर्ने गरेका छन् । पहिलो फिल्म ‘सानो संसार’मै एकलाख पचहत्तर हजार पारिश्रमिक लिएकी नम्रता अहिले पनि अढाई लाख घटिमा काम गर्दिनन् । पारिश्रमिकमा कुरा नमिलेकै कारण धेरै फिल्म छाडेकी नम्रता जो सुकैले उचित पारिश्रमिक लिनुपर्ने धारणा राख्छिन् । तर, पुराना पुस्ताका धेरै हिरोईन् उचित पारिश्रमिक लिनुपर्छ भन्नेमा ब्यबहारिकता अपनाउन सक्दैनन् । ऋचा घिमिरे, नन्दिता केसी, सञ्चिता लुईटेल लगायत केही पुराना हिरोईन अहिले पनि एक लाखको हाराहारीमा पारिश्रमिक लिएर काम गरिदिन्छन् । काम अनुसारको पारिश्रमिक माग्यो भने काम नदेलान कि भन्ने चिन्ता धेरैमा छन् । पछिल्लो पटक प्रवेश गरेका रागीनि खड्गी, सबिना कार्की,जीया केसी, पेस्ला कटुवाल लगायतका युवति थोरै पैसामा पनि काम गर्न राजी हुन्छन् । नया पुस्ताका भनिएकाहरुले समेत थोरै पैसामै काम गरिदिएपछि कतिपय स्थापित हिरोईन समेत कम मुल्यमा धेरै काम गर्न बिबस छन् ।