भियतनामी केटीसँग सेक्स गर्दा नेपाली युवक ठहरै

क्वालालम्पुर । सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो । उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेपछि राती करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको थियो ।

स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा यही अगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’का कारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढे तीन बजे हरिको जोडी चरम आनन्द लिन होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेको होला भन्ने सोंचेर चुप लागेकी प्रेमिका त्यतिबेला छाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सास उडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारण लखतरन परेकी प्रेमिका सकी-नसकी होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा बताइन् ।