केटी फकाउन नसक्नेले मात्र गर्छन् बिहे (भिडियो)

माघ १९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘समय’ अहिले चर्चामा छ । मौसमी मल्लको प्रस्तुतीमा सन्देशमान श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

हप्तामा ३ वटा सिनेमा एकसाथ प्रदर्शनमा आइरहेको समयमा चलचित्र ‘समय’ भने सोलो प्रदर्शन हुने बताइएको छ । नायिका मौसमी मल्लले सिनेमा क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै अन्य सिनेमा प्रदर्शनमा नल्याइएको हो । फागुन १ गतेसम्म जसरी पनि पाठेघरको अप्रेशन गर्नु पर्ने डाक्टरको सल्लाहालाई समय चुनौती दिदै मल्ल केही हप्ता अघि चलचित्र बिकास बोर्डमा अनशन बसेकी थिइन् । सिनेमा क्षेत्रका लागि आफुले जस्तो सुकै योगदान गर्न पनि तयार हुने भन्दै नायिका मल्ल चलचित्रकर्मीको आन्दोलनमा सक्रिय छिन् । यसैले पनि चलचित्रकर्मीले उनको योगदानको कदर गर्दै अन्य सिनेमा प्रदर्शनमा नल्याउने निर्णय गरेको वुझ्न सकिन्छ । यस्तै यही चलचित्रबाट नायिका मौसमी मल्लका छोरा विक्की पनि सिनेमा क्षेत्रमा प्रवेश गर्दैछन् । उनका साथ ‘समय’ मा राजेश हमाल, मौसमी मल्ल, नव नायिका सुरबी जैनको मुख्य भुमिका छ । यो चलचित्रले दुई पुस्ताबिच समयले ल्याउने टकराबलाई देखाउन खोजेको छ । चलचित्रमा नव नायक विक्की र नायिका सुरबी जैन बिचको उत्तेजक बेडसिन र चुम्बनका दृश्य समेत समावेश गरिएको छ ।