तपाईंको आजको राशिफल


आज २०६९ साल माघ ०३ गते बुधवार, पञ्चमी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो समय आएको छ । सामाजिक तथा साँस्कृतिक
कार्यक्रममा सहभागी हुनुपर्ला । विशेष कामप्रति रुचि जागृत हुनेछ ।
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । दैनिक कामकाज सजिलै सम्पन्न
हुनेछन् । शत्रुहरु पराजित हुनेछन् । सानोतिनो यात्रा हुने सङ्केत छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असल समय छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले
गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ । कामको दायित्व थपिने
छ धैर्य गर्नुहोस् । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ ।
धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ ।
आम्दानीमा कमी आउने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज कालो गाइलाई खानेकुरा प्रदान गर्नुभयो भने चिताउँदै नचिताएको कुनै
एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । अनि आज विपरीतलिंगीसँग विनम्र
भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । शुभ कुराको संकेत मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिकूल समय चल्दैछ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । पेट र
नसा सम्बन्धी रोग देखिन सक्छ । आँखाको समस्या पनि आउन सक्छ ।
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित
गर्नु बेस हुन्छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नोकरी, पशुपालन र कृषिव्यवसायमा संलग्न व्यक्तिका लागि आजको दिन
अनुकूल हुनेछ । अध्ययनअध्यापन कार्यमा बाधा उत्पन्न हुनेछ ।
व्यापारबाट सामान्य लाभ नै हुनेछ तर मध्याह्नपछि मन्दी छाउनेछ ।
भोगविलासमा मन जानेछ । सृजनात्मक सफलता मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दुःख र झमेला व्यहोर्नु परे पनि आज आम्दानीको बाटो राम्रो छ ।
परदेशीहरुले त बेलुकी दिनभरि कमाएको खानपान र मनोरञ्जनमा सिध्याउन
बेर लाउँदैनन् । परिवारमा रमाइलो जमघट र नौलो मान्छेको आगमन हुने
सङ्केत छ । प्रेम सम्बन्धमा भने तिक्तता आउने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चिन्तन र अध्ययनका लागि त्यत्ति राम्रो दिन छैन । व्यापार
व्यवसायमा भने ठिकठिकै छ । अनावश्यक गफगाफमा दिन बिताउनु पर्नेछ
। तर्क र विवादमा पछि सर्नु नै राम्रो हुनेछ ।
बिहानको समयभन्दा साँझको समय बढी निराशाजनक रहने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरैमा बस्नेले पारिवारिक सुख प्राप्त गर्नुका साथै
छोटो दूरीको रमाइलो यात्रा पनि गर्ने सम्भावना छ । व्यवसायिक
क्षेत्रबाट फाइदा हुने योग छ । काम गर्दागर्दै अचानक
निराशाको अनुभूति हुनेछ । अचानक रिस पनि उठ्नसक्छ,
संयमता अपनाउनु बेस हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम खालको छ । राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु
हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । आजको थोरै प्रयासले
विदेश र उपलब्धिमूलक यात्रा हुन सक्छ । व्यापारी र
कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन सामान्यतया ठिकैको दिन मान्दा हुन्छ । वैदेशिक व्यापार,
कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ ।
विद्यार्थीका लागि त्यति राम्रो दिन छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त
हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट
राम्रै नाफा मिल्नेछ । साँझपख अचानक धन लाभ हुनसक्छ । दाम्पत्य
जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ
अनि मात्र आजको दिन अनुकूल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् ।
बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै
दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक
समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।