ज्ञानेन्द्र बिरुद्ध मुद्दा हाल्ने तयारीमा पारस

काठमाण्डौ माघ ३- पत्याईहाल्न मुस्किल । तर, यो बास्तविक हो कि निकट भबिष्यमै पूर्वराजा ज्ञानेन्द्रमाथि नेपालको तल्लो तहको अदालतमा मुद्दा चल्ने अबस्था सिर्जना भएको छ । द्वन्द्वकालिन मुद्दालाई लिएर दैलेखदेखि लण्डनसम्म तरङ्ग सिर्जना भइरहेका बेला द्वन्द्व उत्र्कषमा रहेका बेलाका शासक ज्ञानेन्द्रमाथि त्यस्तो मुद्दा लाग्न थालेको भने हैन् । यो त उनको घरभित्र चलेको रडाको हो । पत्नी कोमलको शरिरमा रहेको गोलीको छर्रा निकाल्न ज्ञानेन्द्र परिवारसहित सिंगापुर गएका बेला छोरा पारस शाह थाइल्याण्डमा लागूऔषध मुद्दामा पक्राउ परेका थिए । त्यही बेला पारस धरौटीमा रिहा भए । धेरैले अनुमान लगाए कि छोराको धरौटीचाहिं बाबु ज्ञानेन्द्रले नै तिरिदिए ।

एक्लो छोरा माया त लागिहाल्छ नी भन्ने कसैले अनुमान गरेको भए त्यो सोह्रै आना गलत ठहरिने छ । ज्ञानेन्द्रले धरौटीको पैसा दिनु त परको कुरा, उल्टै दाजुको दुःख देखेर पैसा तिरिदिने बहिनीहरुलाई पनि हप्काएको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । अहिले तिनै बहिनीहरु काठमाण्डौ फर्किएर दाजुका लागि कस्तो वकिल खोज्ने भन्ने तयारी गरिरहेका छन् । आखिर किन चाहियो पारसलाई वकिल ? स्रोतका अनुसार बाबुदेखि दिक्क भएका पारस उनीबिरुद्ध अदालतमा मुद्दा हाल्ने मनस्थीतिमा पुगेका छन् । बाबुबाट भएको बेवास्ता, आफ्नी श्रीमती र छोराछोरीमाथि बाबुले जमाएको नियन्त्रणजस्ता बिषयबाट रुष्ट भएका उनले सकेसम्म छलफलबाट नभए अदालती प्रकृयाबाट भए पनि न्याय खोज्ने सोंचमा पुगेका छन् । उनले जिल्ला अदालत काठमाण्डौमा अंश मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख । थाइल्याण्डको हिरासतबाट मुक्त गराउने पारसकी सहोदर बहिनी भने थिइनन् । धिरेन्द्रकी छोरी सिताष्मा र पुजाका पति डा. राजीवा शाहीले रकमको जोहो गरेर पारसलाई थुनामुक्त बनाएका थिए । भिडियो सहित हेर्नुस