बन्दुकको बिरोध गर्दै मिस अमेरिकाको ताज

१३ हजार प्रतिस्पर्धीलाई उछिन्दै न्यूयोर्ककी २३ बषिर्य मल्ली हागनले मिस अमेरिका २०१३ को उपाधि जितेकी छिन् । स्थानीय समयअनुसार शनिवार राती भएको अन्तिम प्रतिस्पर्धामा हागनले साउथ क्यालोरिनकी अलि रोजर्सलाई पछि पार्दै उपाधि जितेकी हुन् । बिद्यालयमा शसस्त्र सुरक्षागार्ड राख्न नहुने पक्षमा उनले मत दिएकी थिइन् ।

स्याण्डीले अमेरिकी घरहरु बगाएपछि आत्मा नबगाएको भन्दै उनले निर्णायकको मन जितेकी थिइन् । ५२ वटा राज्यबाट १३ हजार प्रतिस्पर्धीवीच भएको प्रतियोगिताको अन्तिम चरणमा ५२ प्रतिस्पर्धी थिए । थप तस्विर हरु हेर्नुहोला ।