मजदुरलाई लेबी लाग्दा मलेसियाबाट भित्रिने २१ अर्ब रोकियो

१९ माघ, काठमाण्डौं । मलेसियाली सरकारले आप्रवासी कामदार स्वयंमले लेबी बुझाउनुपर्ने निर्णय गरेपछि त्यहाँ कार्यरत नेपाली कामदारले खाइपाई आएको सुविधा मासिक साढे ४ हजार रुपैयाँसम्म कटौती हुने भएको छ ।
मलेसियाले बुधबार गरेकेा नयाँ निर्णयसँगै वाषिर्क प्रतिनेपाली कामदारको बढीमा ५२ हजार रुपैयाँ काटिनेछ । मलेसियामा ४ लाखभन्दा बढी नेपाली कामदार छन् । यही आँकडालाई आधार मान्दा रेमिटेन्सका रुपमा नेपाल भित्रँदै आएको वार्षिक २० अर्व ८३ करोड २० लाख रुपैयाँ अव मलेसियाली सरकारलाई लेबीस्वरुप कामदारले बुझाउनुपर्ने खबर नागरिक दैनिकले छापेको छ ।

‘मलेसियाली सरकारले रोजगारदाता कम्पनीले तिर्दै आएको लेबी अव स्वयं आप्रवासी कामदारले तिर्नुपर्ने नयाँ निर्णय गरेको छ भन्ने यहाँका मिडियामा आएको छ,’ मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव चक्रबहादुर सुवेदीले भने ‘यसबारे औपचारिक रुपमा लिखित जानकारी दूतावासमा आएको छैन् ।’