हजारौं युवा युवती कुट्टुमा मात्रै ठाँटिएपछि …(फोटो फिचरसहित)

आजभोलि नेपालसहितका धेरै देशको मौसम कठ्याङरिदो छ । यसको बावजूद थुप्रै देशहरमा नो पेन्ट्स सब वे राइड अर्थात कुट्टु मात्र लगाएर हिड्ने दिन भब्यसँग मनाइएको छ । पुरुष मात्र हैन, महिलाहरु प्नि आफ्नो ट्राउजर फुकाउर कट्टुमै ठाँटिन रमाए ।

लण्डनदेखि मडि्रडसम्म, उत्तरी अमेरिकादेखि न्यूयोर्क, बोस्टनदेखि मेक्सिकोसम्म हजारौं मानिसदे मेट्रो ट्रेनमा विना पाइन्ट यात्रा गरे । यसरी कुट्टु मात्र लगाएर हिड्ने दिन मनाउन थालिएको पनि १२ वर्ष भइसक्यो । सुरुका वर्षहरुमा मानिसहरु ट्रेनमा कट्टु लगाएर यात्रा गर्न लजाएपनि अहिले निर्धक्कका साथ हिड्छन् । उनीहरु ट्रेनमा एक अर्कालाई नचिने जसरी बस्छन् । कहि कतै प्रहरीले सोधी हाले पाइन्ट किर्सिन्छन् भन्ने जवाफ दिन्छन् ।