रेखा र प्रचण्ड्को नाम सधैं जोडीनुको मुख्य क्षण के थियो त? (भिडियो सहित ) रेखा थापासँग प्रचण्डको डान्स

माओवादीको सिंहदरबार घेर्ने आन्दोलनमा साथ दिन आएका थिए कलाकारहरु पनि। हिरो, हिरोइन, भिलेन, निर्देशक, स‍ंगीतकारहरु माओवादीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका थिए। उनीहरुको गीत, नाच र प्यारोडीले भद्रकालीको आन्दोलन मैदान आन्दोलन हैन, कन्सर्ट जस्तो देखिन्थ्यो। कलिउडकी ‘हट’ तथा सेक्सी नायिका रेखा थापा जब स्टेजमा आइन्, आन्दोलनकारी दर्शकहरुमा उत्तेजना छायो। त्यसमाथि उनले लालसलाम भन्दै ‘तपाईँहरुको साथमा म छु है, लभ यू अल’ भनेपछि के चाहियो ! त्यतिले नपुगेर उनले गीत गाउँदै आन्दोलनको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष प्रचण्डलाई पनि नचाए। हिरोइनसँग नाचेको देख्दा आन्दोलनको मोर्चामा साथ दिन सँगै आएकी प्रचण्डपत्‍नी सीताको अनुहारमा कस्तो भाव थियो, भीडले देखिएन। मन्चमा नातिनी स्मिता दाहालले गीत सुनाइन्। भिडियो हेर्न भित्र आउनुस्- भिडियोमा रेखा थापासित प्रचण्डले कम्मर मर्काइ मर्काइ डान्स गरेको देख्न सक्नुहुन्छ। साथै कलाकारहरुका प्यारोडी, क्यारिकेचर देख्‍नसक्नुहुनेछ। अन्तिममा गीत गाउने बालिका प्रचण्डकी नातिनी हुन्। फिल्म निर्देशक युवराज लामा, श्याम भट्टराई, दिपक श्रेष्ठ, अशोक शर्मा, सङ्गीतकार चेतन सापकोटा, लक्ष्मण शेष, नायिका उषा पौडेल, कलाकार निर्मल शर्मा ‘गैंडा’ शुलेमान शङ्कर ‘इकु’ देखि निर्देशक राजेन्द्र खड्गीसम्मको कार्यक्रममा सहभागिता देखिएको थियो। भिडियो हेर्न तल क्लिक गर्नुस्-