चलचित्रकर्मीको आन्दोलनमा प्रहरी हस्तक्षेप (फोटो फिचरसहित)

चलचित्रकर्मीहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले माग पूरा नगरेको भन्दै मंगलबार सिंहदरबार बाहिर धर्ना दिन पुगेका चलचित्रकर्मीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । सिंहदरबारको पूर्वी गेटबाट हनुमानथानतर्फ नारा लगाउादै हिाडेका चलचित्रकर्मीलाई प्रहरीले रोकेपछि केहीबे धकेलाधकेल भएको थियो । त्यसक्रममा चलचित्रकर्मीले संचारमन्त्रीबिरुद्ध चर्का नारा लगाएका थिए । चलचित्रकर्मीको आन्दोलनका कारण अनामनगर क्षेत्र केहीबेर तनावग्रस्त भएका थियो ।

चलचित्रकर्मीले मंगलबार गरेको आन्दोलनमा नायिका करिश्मा मानन्धर पनि सहभागी थिइन् । चलचित्र विकास बोर्डमा ताला लगाएर आन्दोलनमा उत्रिएका चलचित्रकर्मीको मागलाई सरकारले एकसाता बितिसक्दा पनि कुनै सम्बोधन गरेको छैन ।
आन्दोलनमा सक्रिय रुपमा लागेका चलचित्रकर्मीहरु सरकारले माग पूरा नगरेसम्म आन्दोलन नरोक्ने बताउाछन् । तर आन्दोलनमा चलचित्रकर्मीको सक्रियता कम हाुदै गएको छनक देखिन्छ । आन्दोलन सुरु भएको एक साता बितिसक्दा पनि चलचित्र क्षेत्रका उल्लेख्य व्यक्ति तथा कलाकारहरुको सहभागिता हुन सकेको छैन । मंगलबारको आन्दोलनमा नायिका करिश्मा मानन्धरको उपस्थितिले केही उत्साह थपेको थियो ।