भुपु स्वास्नीको नाक छुरीले च्वाट्टै
सायद अरुसँग पोइल जाने तरखर गरेर आफ्नी श्रीमतीले आफ्नो नाक काटिदिएको वा इज्जतमा दाग लगाइदिएको अनुभुति उनलाई भैरहेको थियो होला र उनी भित्रभित्रै पाकिरहेका थिए होला । सायद सोही रिसको झोँकमा आफ्नो इज्जतको नाक काटिदिने उनै भूतपर्ूव श्रीमतीको साँच्चीकै नाक उनले छुरीले च्वाट्टै काटिदिए ।
कुनै बनाबटी कथाजस्तो लाग्ने यो घटना पाकिस्तानको फैसलावादको वास्तविक घटना हो । एक जना पाकिस्तानी पुरुषले सम्बन्धविच्छेद गरेर गएकी पर्ूव श्रीमतीको नाक काटिदिएका छन् । फैजल रसूल नामका ती पुरुषले भुपु श्रीमती सजिदा बीबीको नाक काटिदिएका हुन् । भुपु लोग्नेद्धारा नाक काटिएकी बीबीको अस्पतालमा उपचार भैरहेको बताइएको छ । ४ वर्षअघि रसूलसँग बिहे गरेकी बीबीले एक वर्षघि डिभोर्स गरेकी थिइन् । रसूलले लागु पदार्थ खाने भएकाले आफुले डिभोर्स गरेको उनको भनाइ छ । डिभोर्स गरेकोमा बीबीलाई धम्क्याइरहने रसूले हालै बीबीको अपहरण गरे, हातखुट्टा डोरीले बाँधिदिएर चक्कुले नाक काटिदिए अनि भागे ।