चितवनमा नवजात शिशु वेवारिसे अवस्थामा भेटियो

१३ पुस, चितवन । भरतपुर नगरपालिका- १२ आस्थाचोक नजिकैको प्लटिङमा आज बिहान बेवारिसे अवस्थामा फालिएको नवजात शिशु भेटिएको छ । प्लास्टिकले बेरेर राखिएको अवस्थामा शिशु फेला परेको स्थानीयवासीले जानकारी दिएका छन् । शिशुको अवस्था स्वस्थ रहेको प्रहरीले जनाएको छ । शिशु कसको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।