ट्रक पड्‍किँदा २२ जनाको मृत्यु

साउदी अरबको राजधानी रियाधमा एउटा इन्धन ट्रक पड्‍किँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा सयभन्दा बढी घाइते भएको प्रत्यक्षदर्शी र अधिकारीहरुले बताएका छन्।
इन्धन ट्रक पड्केर त्यसबाट निस्केको आगोले नजिकैको भवन र कारहरु जलाएको थियो।

घटनामा आतंकवादीहरुको हात रहेको शंका गरिएको छैन।