विश्वकै महंगो घर बिक्रिमा, मुल्य झण्डै १४ अर्ब (फोटोफिचर सहित)

बेलायतमा विश्वकै सबैभन्दा महंगो घर बिक्रिका लागि तयार भएको छ । घरका शौखिनहरुले यो घर खरिद गर्न सक्छन् तर साथमा टन्नै गाँठ हुनु भने आवश्यक छ । त्यो पनि थोरै होइन झण्डै १४ अर्ब रुपैयाँ ।

 
 
  
हामीजस्ता धेरैका लागि यो आकाशको फल आँखातरी मर भनेजस्तै हो । तर लण्डनको यो घर खरिद गर्न धेरै अरबपतिहरुको रस्साकस्सी हुने अनुमान गरिएको छ ।
२१ हजार ५ सय वर्गफिटमा बनेको यो घरमा ७ बेडरुम छन् । साथै ९ वटा बाथरुम तथा ११ वा पाहुना कोठा छन् । यो घर अत्याधुनिक प्रविधियुक्त छ, अर्थात् यसमा आइप्याडबाट नियन्त्रण गर्न सकिने विजुलीको व्यवस्था छ ।
यो घर बनाउन १० करोड बेलायती पाउण्ड खर्च भएको थियो । यसको मार्केटिङको जिम्मा सेविल्स कम्पनीलाई दिइएको छ ।
लण्डनको रिजेन्ट पार्कमा बनेको वान कर्नवाल टेरास नाम दिइएको यो घरको डिजाइन प्रख्यात आर्किटेक्ट डेसिमस बर्टनले गरेका हुन् । डेसिमस ती व्यक्ति हुन् जसले बेलायती राजदरबारको पनि डिजाइन गरेका हुन् । हेरौँ यो बहुमुल्य घरका केही झलक