युएईमा नेपाली कामदारको तलब बढ्यो

मन्त्रालयका अनुसार अदक्ष कामदारको न्युनतम ज्याला ८ सय डिराम्स र खाना भत्ता ३ सय गरी ११ सय दिराम्स (२५ हजार रुपैयाँ) निर्धारण भएको छ । एकलाख ६० हजारभन्दा बढी कामदार कार्यरत युएईमा सवैभन्दा बढी अदक्ष कामदार छन् ।
अर्धदक्ष कामदारको खाना भत्ता ३ सय र न्युनतम पारिश्रमिक १ हजार गरी १३ सय, दक्ष कामदारको खाना भत्ता ३ सय र न्युनतम पारिश्रमिक १२ सय गरी १५ सय र उच्च दक्ष कामदारको खाना भत्ता ५ सय र पारिश्रमिक ५ हजार गरी ५५ सय डिराम्स तोकिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।