यदि आफ्नै जिब्रो चपाएको थाहा नपाए !

कल्पना गर्नुस त, दुखाई भन्ने शब्द विश्वबाट हरायो भने कस्तो हुन्छ । झट्ट सुन्दा त राम्रो लाग्छ । तर, यसले धेरै समस्या

ल्याउन सक्छ । अमेरिकाको बाशिंटनका स्टीव पीट दुखाई रहित
दुनियाँका कारण सदस्यामा छन् । स्टीव एनाल्जेसिया नामक वंशाणुगत रोगबाट पिडिच छन् । उनलाई शारीरिक दुखाईको अनुभव छैन । औलाहरुलाई थिच्दा उनलाई केही थाहा नै हुँदैन । यति मात्र हैन, उनका दाँत उखल्न वेहोस बनाउने औषधी नै लिनु पर्दैन । आफ्नो जीवनमा दुखाईको कुनै अनभव नै नरहको उनले बताएका छन् । दुखाई शरीरको एक प्रमृख जैविक चेतावनी तन्त्रको हिस्सा हो । दुखाईले नै हामीलाई सही वा गलत के गर्दैछु भन्ने थाहा दिन्छ । स्टीवले एक पटक आफ्नै जिब्रो केही भाग चपाउँदा समेत पत्तै पाएनन् । ३० वर्षीय स्टीवका एक छोरा छन् । हाल स्टीव एक अध्ययन शिविरमा छन् र उनको समस्याबारे छलफल भइरहेको छ । नोभेम्बर ८ बाट लण्डनको साइन्स म्युजियममा सुरु भएको कार्यशाला २०१३ जुलाईसम्म चल्नेछ । त्यहाँ बैज्ञानिककहरु यसको अध्ययन गरिरहेका छन्