बिगबोसमा पोर्नस्टार भित्र्याउने तयारी

नयाँदिल्ली (एजेन्सीहरू), कार्तिक २६ - बलिउडका सर्वाधिक बिकाउ अभिनेता सलमान खानद्वारा सञ्चालित 'बिगबोस सिजन-६ (अलग छे)' लाई पारिवारिक शो बनाउन खोज्दा विवाद हेर्न रुचाउने दर्शकहरू खिन्न भएका छन् । यसले गर्दा कलर्स टीभीको यो शोको दर्शक घटन थालेको छ । यो क्रममा दर्शक तान्नलाई जर्मनको फ्रयांकर्फटमा जन्मिएकी हट मोडेल एवं अभिनेत्री ३२ वर्षे मिंक बरारलाई भित्र्याउँदा पनि धमाका मच्चिएको छैन । वाइल्ड कार्ड मार्फत ग्ल्यामरको स्वाद पस्किनलाई ल्याइएको मिंकको जादू चल्न नसकेपछि त्यहाँ भारतीय-अमेरिकी पोर्न स्टार ३५ वर्षे पि्रया अञ्जली रायलाई पाहुना कलाकारको रूपमा ल्याउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्यानलले गत वर्ष पनि शोलाई हिट गराउन पोर्नस्टार सनी लियोनलाई ल्याएको थियो । बिगबोसका झगडियाबीच सम्झौता गराउन भूमिका खेल्दै आएका पूर्व क्रिकेटर एवं नेता नवजोतसिंह सिध्दुलाई भारतीय जनता पार्टीले गुजरातमा चुनाव प्रचारप्रसारका लागि बोलाएपछि च्यानलले नयाँपनको खोजी गरिरहेको छ । हट कलाकारलाई राख्दा शोको छवि कस्तो बन्ने भन्ने चिन्ताले पनि च्यानललाई सताएको छ । उनी पनि पोर्न उद्योगमा चिरपरिचित छन् । नयाँदिल्लीमा जन्मेकी उनलाई दुई वर्षपछि आमाबुबाले छाडेर हिँडेपछि एक अमेरिकी जोडीले धर्मपुत्री बनाए । प्रियाले आर्थिक अवस्था सुधार्नलाई पोर्न फिल्ममा प्रवेश गरेर छुट्टै परिचय बनाइन्