सिराहमा गोली चल्यो

सिराह, कार्तिक २६ - सिरहाको मिर्चैयामा गोली चलेको छ । एकीकृत नेकपा माओवादीका स्थानीय नेता सर्वन यादवलाई लक्षित गरी गोली हानिएपनि कसैलाई गोली नलागेको प्रहरीले जनाएको छ । गोली चलाउनेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट दुईवटा पेस्तोल र गोली बरामद गरेको छ