कार बम बिस्फोटमा ८ जनाको मृत्यु

हसनले सन् २००५ मा पूर्वमन्त्री रफिक हरीरीको हत्यामा सिरियाको हात रहेको प्रमाणीत गरेका थिए । सिरियाको समर्थक रहेका पूर्व सूचना मन्त्री मिशेल समाहालाई पक्राउ गर्न पनि उनले मुख्य भूमिका निभाएका थिए । सन् २००८ पछि बेरुतमा भएको यो ठूलो बिस्फोट हो । लेबनानका केही नेताहरुले भने बिस्फोटमा सिरियाको हात रहेको आरोप लगाएका छन् । सिरियाका संचारमन्त्री नाजिब मिकातीले आरोपको खण्डन गर्दै बिस्फोट कायरतापूर्ण आतंकवादी कार्य भएको बताएका छन् ।