तेश्रोलिंगी, समलिंगीले कस्तो जीवनसाथीको कल्पना गर्लान् ? आइतबार काठमाडौंमा भएको तेश्रोलिंगी सौन्दर्य प्रतियोगिताका एक सहभागीलाई प्रश्न गरियो, ‘तपाई कस्तो जीवन साथीको परिकल्पना गर्नु हुन्छ ?’ सहभागीको उत्तर थियो, ‘हामीलाई समलिंगी विवाह गर्ने कानूनी छुट छैन । सर्वोच्च अदालतले समलिंगी तथा तेश्रोलिंगीलाई पहिचान खुल्नेगरि नागरिकता प्रदान गर्न दिएको आदेश पनि पालना भएको छैन । यो अधिकार स्थापित नगरि म जीवनसाथीका बारेमा सोच्न सक्दिन । पहिला म मेरो पहिचान स्थापित गराउन चाहन्छु ।’ एचआइभी जोखिम न्यूनीकरण, सामाजिक तथा कानुनी अवरोध, आर्थिक विकासका उपाय, अधिकार प्राप्तीका लागि संचारमाध्यमको भूमिका लगायतका विषयमा सोधिएका प्रश्नको ब्युटी कन्टेस्टका प्रतियोगीले घतलाग्दो जवाफ दिए । पूर्णिमा श्रेष्ठले प्रतियोगिताको ताज पहिरिइन् । मिस पिंकको ताजसँगै उनले १५ हजार रुपैयाँ नगद पाइन् । उनी सन् २०१३ मा थाइल्याण्डमा हुने विश्व तेश्रोलिंगी सौन्र्दय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने छिन् । प्राचिन गुरुङ फ्रस्ट रनर अप र सलिना शेर्पा सेकेण्ड रनर अप भए । गुरुङले १० हजार रुपैयाँ र शेर्पाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मिस पिंक प्रतियोगिताको भिडियो हेर्नुहोस् :
र्याम्पमा तेश्रोलिंगी सुन्दरीहरु (भिडियो)