कोरियामा नेपाली कामदारको बिचल्ली

सोल (दक्षिण कोरिया), कार्तिक ३ - बाग्लुङका राज सापकोटा, लम्जुङका वीर गुरुङ र दोलखाका दिनेश जिरेल एक वर्षअघि मोक्फोको उनगाङ नामक कम्पनीको कामदारका रूपमा आएका थिए । आएदेखि उनीहरूलाई मालिक ओ छाङ मीनले पटकपटक कुटपिट गर्ने गरेका छन् । यसअघि साहुकै पिटाइले त्यहाँ एक नेपाली कामदारको हात भाँचिएको थियो । उनलाई दूतावासले उद्धार गरेको थियो । यी तीन भाइलाई कम्पनी सञ्चालक मीनले शारीरिक र मानसिक यातना मात्र होइन उनीहरूलाई श्रम सम्झौताअनुसार खान बस्नसमेत दिएका छैनन् । उल्टै बत्ती र ग्यासको पैसा लिने गरेका छन् । अझ कम्पनीको कारणले काम नभएको अवस्थामा पनि ईपीएसको नियम विपरीत न्यूनतम तलब कटौती गर्दै आएका छन् । फलामसँग सम्बन्धित भएकाले काम त्यत्तिकै गाह्रो छ । उनीहरूले आफ्नो व्यथा सोलस्थित नेपाली दूतावासमा धैरैचोटि जानकारी गराएका छन् । त्यसको सुनुवाइ नहुदँा उनीहरू अझै बन्धक भएर त्यसै कम्पनीमा दिन काटिरहेका छन् । यी तीन युवाहरूको दुःखभन्दा पर्वतका प्रमोद भुसालको कथा झनै मार्मिक छ । भुसाल गत अपि्रल १९ मा कुनसानको दोरिम नामक साग उत्पादन गर्ने कृषि र्फमको कामदारका रूपमा आएका थिए । उक्त र्फमका एक्ला कामदार भुसालले काम सुरु गरेदेखि नै साहुले कुटपिट गर्ने गरेको भक्कानिँदै सुनाए । भाषाका नजानेका कारण र ज्यान जाने डरले कुटपिट गरे पनि आफूले कुनै प्रतिवाद नगरेको बताए । गत जुन २६ का दिन भुसालका लागि सबैभन्दा डरलाग्दो दिन थियो । त्यो दिन साहुले फलामको बेल्चाले पटकपटक हिर्काएका थिए । भागेर प्रहरी कार्यालयमा पुगेपछि उनको ज्यान बँचेको थियो । उनको जीउमा जताततै नीलडाम छ । आफ्नो र्फममा काम नभएको बेला अन्य कम्पनीहरूमा काम गर्न पठाएर ७० हजार वन लिए पनि आफूलाई भने ३६ हजार वन मात्र दिएको भुसालले बताए । ती साहुले पटकपटक नेपाल फर्काइदिन्छु भनेर धम्क्याएको उनको गुनासो छ । आफूमाथि भएको शारीरिक मानसिक र श्रम शोषणबारे सोलस्थित नेपाली दूतावासका कर्मचारीलाई पटकपटक जानकारी गराउँदा सहयोग नपाएको उनले दुखेसो पोखे । उनलाई बुधबार भाग्यबस प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले त्यहाँबाट मुक्त गराएका छन् । यता नुवाकोटका चन्द्र घिमिरे भने न्याय माग्दै विभिन्न सहयोगी संस्थाहरूको ढोका चहारिरहेका छन् । उनी रोजगारीका लागि ईपीएसमार्फत १६ महिनाअघि कोरिया आएका हुन् । फाजुस्थित एक मार्बल कम्पनीमा काम गर्दै आएका उनलाई गत महिनादेखि ढाडमा समस्या आएपछि कम्पनी मालिकको अनुमति लिएर उपचार गर्न स्थानीय एक अस्पतालमा गएका थिए । चिकित्सकहरूको रायअनुसार १० दिनसम्म लगातार अकुपन्चर गराई कम्पनी र्फकंदा साहुले अवैधानिक बनाइसकेको थियो । चन्द्रमान जस्तै छ महिनाअघि कोरिया प्रवेश गरी बुसानस्थित एक कृष िर्फममा काम गर्दै आएका रौतहटका प्रकाश र श्याम पनि अहिले आफूहरू अवैधानिक हुनबाट बच्न हारगुहार गरिरहेका छन् । मिनारी साग उत्पादन गर्ने र्फमका कामदार उनीहरूले जीउ झमझमाउने र रिंगटा लाग्ने समस्या भएपछि कम्पनी मालिकलाई अस्पताल लगिदिन अनुरोध गर्दा नसुनेको बताए । नौ दिनपछि आफैं रोजगार केन्द्रमा समस्या राख्न जाँदा कम्पनी मालिकले काम नगरी सुतेको भन्दै नेपाल फर्काउन तयारी गरेको थाहा पाएका थिए । यसैगरी दुई वर्षअघि थोङयङ सहर नजिक हाङसाङदो टापुमा मत्स्यपालन र्फममा काम गरिरहेका काठमाडौं रविभवनका रमेश पनि अहिले उही नियति भोगिरहेका छन् । उनीहरू जस्तै श्रमसम्बन्धी समस्या भएका ११ नेपाली कामदार यतिखेर किम्हेको फरेन्ा मिसन चर्चमा अश्रय लिइरहेका छन् । उता चार महिनादेखि तलब नपाएका र साहुबाटै दुव्र्यवहार खेपेका तीन नेपाली महिला कामदार अहिले एक सेल्टरमा बसेर रोजगार केन्द्रको सूचना पर्खिरहेका छन् । कैलालीका पंकज रेग्मी आफूसँगै काम गर्ने कोरियन किम चु इमको कुटाइबाट भाँचिएको दाहिने हातको शल्यक्रिया गरेका छन् । ती कोरियनले रेग्मीलाई गत सेक्टेम्बर १० बिहान अन्दाजी १०:३० बजे नेपाल जान भन्दै लछारपछार गरेर कुटपिट गरेका थिए । त्यही क्रममा उनको दाहिने हातको औंला भाँचिन पुग्यो । उनी उपचारसँगै आफूमाथि भएको अत्याचारको विरुद्धमा कानुनी लडाइँ लडिरहेका छन् । पछिल्लो समयमा नेपाली युवाहरूका लागि आकर्षक रोजगारस्थल बन्दै गएको कोरियामा नेपालीहरूको संख्यासँगै विभिन्न खालका समस्याहरू पनि बढिरहेका छन् । विदेशमा आएर कमाएको धनले परिवारलाई खुसी र सुखी राख्ने अनेक अनेक सपना साँचेका यी पीडित नेपालीले आफ्नो समस्याप्रति सोलस्थित नेपाली दूतावास संवेदनशील नभएका भन्दै आक्रोश व्यक्त गरेका छन् । कोरियाकै एक विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका नेपाली अनुसन्धानकर्ताले विभिन्न मुलुकबाट यहाँ आएका प्रवासी कामदारहरूमध्ये नेपालीहरूको अवस्था अत्यन्त दुःखदायी रहेको खुलाएका छन् । ६ सय श्रमिकहरूसँग गरिएको सर्वेक्षण्ामा ९० प्रतिशतले श्रम सम्बन्धी समस्याहरू प्रवासी मजदुर युनियनबाट समाधान गरेको र १० प्रतिशतले मात्र दूतावासबाट हल गरेको बताएका छन् । केही श्रमिकहरूले दूतावास कहाँ पर्दछ भन्ने थाहा नभएको समेत बताएका छन् । उनीहरूले त्यहाँ श्रम सहचारीको अभाव र भाषा अनुवादक नभएकाले समस्या जटिल हुने गरेको पनि बताएका छन् । कोरियामा शारीरिक याताना र कुटपिट सम्बन्धी नियम कानुन कडा भए पनि प्रवासी कामदारहरूको हकमा लागू भएको छैन । अझ ईपीएस प्रणालीमा श्रम सम्बन्धी सम्पूण्र्ा अधिकार कम्पनी सञ्चालकमा निहित भएकोले पनि कम्पनी सञ्चालकहरूबाट प्रवासी मजदुरहरूप्रति दुव्र्यवहार, कुटपिट, यौन शोषण तलब नदिनेलगायतका अमानवीय व्यवहार बढ्दै गएको छ । गत अगस्ट १ बाट यहाँको सरकारले कम्पनी परिवर्तन सम्बन्धी नियम कडा बनाएपछि यस्ता घटनाहरू अझ वृद्धि भएका छन् । कुटपिट र अंगभंग भएका कामदारहरूको प्रमाणसहित दूतावासले रोजगारकेन्द्रमा उजुरी गरे त्यस्ता कम्पनीहरूलाई कारबाही हुनका साथै निश्चित अवधिसम्म कोटा नदिने कानुनी प्रावधान रहेको प्रवासी मजदुर यनियनका अध्यक्ष उदय राई बताउँछन् । विगत ८ वर्षदेखि १५ देशका मजदुरहरूको समस्या हेरिरहेका राई भन्छन्, 'अन्यायमा परेका मजदुरहरूको विषयलाई लिएर दूतावासले यहाँको श्रम विभागमा उजुरी गर्ने हिम्मत गर्नुपर्छ ।'