भकभक उम्लिरहेको ज्वालामुखीमा हाम्फाल्ने साहसिक मानिस (भीडियो)
काठमाडौ, कात्तिक ५ । भकभक उम्लिरहेको ज्वालामुखीमा जाँदा के होला? स्पष्ट छ, कडा भन्दा कडा धातुहरु समेत पग्लेर पानी हुने त्यो तातो रापमा क्षणभरमै जलेर मानिस मृत्युको मुखमा पुग्नेछ । तर न्युजील्याण्डका ज्योफ म्याकले भने ज्वालामुखीको केन्द्रसम्म पुग्ने साहस देखाएका छन्। आफ्ना केही सहयोगीको मद्दतले म्याकलेले अष्ट्रेलियाको एक ज्वालामुखीमा डोरीको सहयोगले भकभक लावा उम्लिरहेको ठाउँसम्म पुगेका थिए। उनि पुगेको ठाउँको तापक्रम ११५० सेल्सियस थियो,जहाँ विना कुनै सुरक्षा ६ सेकेण्डसम्म मात्रै मानिस बाँच्न सक्दछ। तर उनले लगाएको ताप सुरक्षित लुगाका कारण उनि त्यहाँ ४० मिनेट सम्म बस्न सफल भएका थिए। ज्वालामुखीको सफल यात्र पछि म्याकलेले सुर्यमा गएजस्तै भएको प्रतिक्रिया दिए। उनले यसका लागी १५ दिन तयारी र अभ्यास गरेका थिए। भीडियो


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं