साउदी अरबमा चार लाख रकम लिएर साथी फरार
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दी पुलाचौर-५ चिप्लेटीका बाबुराम खत्रीलगायत उनका पाँचजना साथीको करिब रु चार लाख ठगी गरेर उनका एक साथी फरार भएका छन्।
साउदी अरबको जुबेल सहरस्थित बिसिइजी रोयल कम्प्लेक्स कम्पनीमा काम गर्दै आएका खत्रीलगायतका ६ जनालाई आफ्नै रुमपार्टनर धादिङ गजुरीका करिब ४२ वर्षीय जलविक्रम मल्लले ठगी गरेका हुन्।
उक्त कम्पनीमा कार्यरत म्याग्दीका खत्रीलगायत रोल्पाका सूर्यबहादुर घर्ती मगर र टीकाराम पुन, रुकुमका कृष्ण कुँवर, दाङका विक्रम कुँवर गरी पाँचजनाको ३/३ हजार रियल र रुकुमका मान रावलको दुई हजार ९०० रियल गरी कुल १७ हजार ९०० रियल अर्थात नेपाली करिब रु चार लाख रकम लिएर मल्ल फरार भएको पीडित बाबुराम खत्रीले टेलिफोनमार्फत जानकारी दिए ।
नेपालबाट काम गर्ने भनेर गएको कम्पनीमा राम्रो कमाई नभएपछि उनीहरु अवैधानिकरुपमा बिसिइजी कम्पनीमा काम गर्दै आएका थिए। लुकेर काम गर्दा आफ्नो कुनै परिचय खुल्ने प्रमाण नभएको र रुमपार्टनर मल्लले आफ्नो साथीको नामबाट घरमा पैसा पठाइदिन्छु भनेपछि उनीहरु सबैले दसैँखर्चस्वरुप जनही करिब ३/३ हजार रियलको दरले पैसा दिएका थिए।
'पैसा दिएको लामो समयसम्म कुर्दा पनि ऊ फर्केर आएन, मोबाइल फोन पनि अफ गरेको छ,' पीडित बाबुराम खत्रीले टेलिफोनमा बताए। विगत १८ महिनादेखि एउटै कम्पनीमा काम र एउटै कोठामा बास थियो हाम्रो, साथीको विश्वासले गर्दा पैसा दियौँ, तर साथीले नै विश्वासघात गरेपछि झन्डै तीन महिना दुःख गरी कमाएको पैसा सबै खेर गयो,' नले दुःखेसो पोखे।