झरनाबाट खसेर युवकको मृत्यु
तनहुँ, असोज १३ (नागरिक)- नुहाउने क्रममा झरनाबाट खस्दा चितवनको चण्डीभञ्ज्याङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर-११ का २२ वर्षीय सम्राट ढकाल रहेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ।
कलेजमा अध्ययरत लक्ष्मीचन्द्र न्यौपाने, विशाल अधिकारी, सन्तोष पन्त, आकाश दुङ्गाना र राजिव गुरुङसँग घुम्न आएका सम्राट झरनाको मध्य भागमा बनेको कुवामा पानीमा खेल्ने क्रममा चिप्लिएर झण्डै ५० मिटर तल अर्को कुवामा खसेका थिए। घटनालगतै स्थानीय र प्रहरीले उद्धारका लागि पहल गरेकोमा सफल नभएपछि विपद् व्यवस्थापन केन्द्रको टोलीले ३ घण्टा पश्चात शव निकालेका थिए।
'हामीले सूचना पाएको १० मिनेटमा नै शव निकाल्यौ,' सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र गिरीले भने, 'र्याप्लिङ र क्याम्बिङ प्रद्धतिबाट लाश निकालेका हौं।' शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल, चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।