राजेश हमालपछि बेनिशाको साथमा बागमतीमा पसे आर्यन
यसअघि ट्राफिक नियमको बिषयमा जनचेतना जगाउन गोगंबु बसपार्क पुगेका नायक आर्यन सिग्देल र नायिका बेनिशा हमाल शनिबार बिहान भने बागमती सफाइमा पुगेका छन् । शनिबार बिहान बागमती नदी सफाइका लागि पुगेका यि दुई अटोग्राफ र फोटो खिचाउनमा नै व्यस्त देखिएका थिए ।
उनीहरुले सिनेमा प्रचार भन्दा पनि धार्मिक महत्वको बागमती सफाइ गर्नु आफूहरुको दायित्व भएको बताएका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र महुशशका निर्माता कल्याण घिमिरे, निर्देशक नवल नेपाल पनि बागमती सफाइका लागि पुगेका थिए । चलचित्रमा केकी अधिकारीको पनि मुख्य भूमिका छ । यसअघि नायक राजेश हमाल लगायतका चर्चित अनुहारहरु पनि बागमती सफाइ अभियानमा सहभागी भइसकेका छन् ।