छिमेकीको कुटाईले थलिएकी दलित महिलाको उपचारमा समस्या
सिरहा, साउन २२ – बाख्राले बाली खाएको निहुँमा छिमेकीको कुटाइबाट ढाड भाँचिएर थलिएकी सिरहा, औरही–८ की एक दलित दलित महिला उपचार नपाएर घरमै बस्न बाध्य भएकी छन् ।
गएको साउन २ गते सीयाराम यादवको कुटपीटबाट सख्त घाइते भएकी २८ वर्षीया कविता सदायको उपचार गर्ने पैसा नभएपछि घरमै थलिनु परेको हो ।
ढाड भाँचिएर घरमै ऐयाऐया गर्दै बसेकी सदायलाई भेट्न राष्ट्रिय दलित आयोगकी अध्यक्ष सुशीला सिरपाली सोमबार उहाँकै घर पुग्नुभएको थियो । उहाँले घटनालाई अमानवीय र निन्दनीय भन्दै पीडितलाई उपचारको व्यवस्था मिलाउने बताउनुभयो ।
‘बाख्राले बाली खाएको सामान्य निहुँमा यसरी कुटपीट हुनु र त्यसलाई प्रशासनले समेत बेवास्ता गर्नुले दलितमाथि प्रशासनले हेर्ने दृष्टिकोण छर्लङ्ग भएको छ’ उहाँले असन्तुष्टी जनाउँदै भन्नुभयो ।
अस्पतालमा समेत पीडितलाई उपचार गर्नुको सट्टा घर फर्काउनुले चिकित्सकहरुमा पनि सामान्य मानवीयता हराउँदै गएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो– ‘ढाडमा चोटका कारण सामान्य उठबस गर्न सक्ने अवस्था समेत नभएका बिरामीलाई पैसा नभएकै कारण मर्नलाई घर पठाउनु भनेको सामान्य मानवीय सम्वेदना समेत नभएको देखियो ।’
कुटपीटबाट सदायको ढाड नचल्ने भएपछि छिमेकीले उहाँलाई गाउँमै चन्दा उठाएर जनकपुर अञ्चल अस्पतालमा उपचार गर्न लगेका थिए । पैसा सकिएपछि चिकित्सकले घर फर्काईदिएको सदायले बताउनुभयो । सदाय अहिले हल न चलको अवस्थामा घरमै हुनुहुन्छ । पीडक यादवलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।