पारसलाई नेपाल आउन परिवारकै अबरोध, फेरी सुधारगृहमै फर्किए

२० असार, काठमाण्डौं । पूर्वयुवराज पारस शाह तत्काल नेपाल नर्फकने भएका छन् । शाही परिवारले पनि तत्काल स्वदेश फर्कन हतार नगर्न उनलाई भनेको छ ।



पारसले बाबु ज्ञानेन्द्रको जन्मदिन २३ असारमा स्वदेश र्फकने चाहाना राखेका थिए । उनले काठमाण्डौंमा परिवारलाई जानकारी गराएका थिए । तर, परिवारले तत्काल स्वदेश फर्कन हतार नगर्न पारसलाई खबर गरेको स्रोतलाई उदृत गर्दै बिहीबार प्रकाशित नयाँ पत्रिकामा खबर छ । पूर्वराजा ज्ञानेन्द्रले निर्मलानिवासमै जन्मदिन मनाउँदै छन् ।

पारस अहिले थाइल्यान्डको च्यान्चाईस्थित सुधार केन्द्रमा रहेका छन् । केही समयअघि बैंकक बसेका उनी पुनः च्यान्चाई फर्केको स्रोतको भनाई छ । उनी अझै पनि समितिभेज अस्पतालका डाक्टरहरुको प्रत्यक्ष निगरानीमा छन् । गत ८ फागुनमा अकस्मात हृदयघात भएपछि पारस सो अस्पतालमा भर्ना भएका थिए ।