वैद्य भन्छन्- पद त्याग्न तयार छु, तर बाबुरामले जसरी हैन
२२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी-माओवादीका अध्यक्ष मोहन वैद्यले आफूलाई अध्यक्षमा बसिरहन मन नभएको र साथीहरुले छाड्न आग्रह गरे पद त्याग गर्ने बताउनुभएको छ ।
‘मलाई पदमा बसिरहन मन छैन, तपाईहरुले छाड् भन्नुहुन्छ भने छाड्छु, बस् भन्नुहुन्छ भने बस्छु ।’ पोखरामा यसैसाता सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकमा वैद्यले भन्नुभयो- ‘तर, छाड्ने भन्दैमा बाबुराम भट्टराईले जसरी फ्याट्टै छाड्दिँन, एउटा विधि र प्रक्रिया पुर्याएरमात्रै छाड्छु ।’ बैठकमा सहभागी एक नेताका अनुसार वैद्यले भन्नुभयो-’नेतृत्व गर्न सकिँन भनेर खुट्टा छाडेर पनि हिँड्दिँन । तर, पदमा बसिरहने मलाई कुनै लोभ छैन ।’

नेपालको कम्युनिष्ट आन्दोलनमा आफूले पाएको नेतृत्व युवा पुस्तालाई सहजरुपमा हस्तान्तरण गर्ने नेताका रुपमा चिनिनुहुन्छ वैद्य । आफूले सम्हाल्दै आएको महासचिव पद प्रचण्डलाई हस्तान्तरण गरेर आफू सोभन्दा तल्लो तहमा बस्न उहाँ विगतमा तयार देखिनुभएको थियो । यद्यपि प्रचण्डपक्षका नेताहरु भने स्वेच्छाले भन्दा पनि सेक्टर काण्डका कारण नैतिकताका आधारमा वैद्यले पद छाड्नुभएको तर्क गर्ने गर्छन् । त्यस्तै समानुपातिकबाट सभासद बनेका वैद्यले संसदीय नेता नबनाइएका कारण सभासदबाट राजीनामा दिएको आरोप लगाउनेहरु एमाओवादीभित्र अझै छँदैछन् ।
वैद्यले फेरि स्वेच्छाले पद छाडेर युवालाई नेतृत्व दिन तयार रहेको पोखरा बैठकमा स्पष्ट पार्नुभएको छ । तर, वीचैमा छाड्दा काम गर्न नसकेर छाडेको सन्देश नजाओस् भन्नेमा वैद्य सचेत रहेको माओवादी स्रोत बताउँछ । ‘वैद्यले नेतृत्व गर्न सक्दैनन्, दर्शन पढ्ने मात्रै हुन् भन्ने आरोपलाई उहाँ व्यवहारतः चिर्न चाहनुहुन्छ ।’
वैद्यको ठाउँमा वादल कि विप्लव ?
मोहन वैद्यले अध्यक्षको जिम्मेवारी छाडेपछि माओवादीको अध्यक्ष रामबहादुर थापा बादल होलान् या विप्लव ? कि अरु पनि आकांक्षी छन् ? यस विषयमा जिज्ञासा राख्दा माओवादी नेता भन्छन्, वैद्य, वादल र सीपी गजुरेल, देव गुरुङ एकै पुस्ताका लिडर हुन् । नयाँलाई हस्तान्तरण गर्ने भनेपछि विप्लवले नै नेतृत्व गर्नु राम्रो हुने देखिन्छ । तर, आफूलाई प्रचण्डभन्दा सिनियर बताउने गरेका उपाध्यक्ष सीपी गजुरेल पनि माओवादीका अध्यक्षका स्वाभाविक दाबेदार मानिनुहुन्छ ।
पोखरा बैठकले विचारका हिसावमा विप्लवको लाइनलाई श्रेष्ठ सावित गरेको स्रोतको दाबी छ । यद्यपि वैद्यसमेत विचारधारात्मकरुपमा विप्लवसँगै निकट बनेका कारण सहजरुपमा चुनाव बहिस्कारको कार्यनीति पारित भएको दाबी गरिएको छ । चुनावमा भाग लिनुपर्छ भन्ने र जनयुद्धमा जान नचाहने नेताहरु पनि पार्टीमा भएता पनि बैठकमा त्यो विचार दबिएको स्रोतले बतायो । स्रोतले भन्यो, जसको विचार उसको नेतृत्व भन्ने हो भने चुनावका नाममा दमन भयो र भूमिगत हुनुपर्ने अवस्था आयो भने आवश्यकताले गर्दा वैद्यका ठाउँमा विप्लव नै नेता हुने निश्चित देखिएको छ ।
एमालेमा पनि राम्रो उदाहरण
मोहन वैद्यजस्तै नेकपा एमालेभित्र पनि पहिले महासचिव भैसकेर तल्लो तहमा बस्न राजी नेताको अभाव छैन । झलनाथ खनाल, सीपी मैनाली र माधव नेपाल तीनैजना पहिले महासचिव भएर पछि केन्द्रीय समितिमा अरुको नेतृत्वमा बस्न राजी देखिएका नेता हुनुहुन्छ ।onlinekhabar

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं