९२ वर्षीय बुढोले गरे २२ वर्षीय युवतीसँग विवाह |

२२ असार, एजेन्सी । एक ९२ वर्षीय बृद्धले आफूभन्दा ७० वर्ष कान्छी युवतीसँग विवाह गरेका छन् । उनले आफ्ना दुई नातीनातीनासँगै आफ्नो पनि विवाह गरेका हुन् ।मुसली मोहम्मद अल मुजामाईले २२ वर्षिया मुना मुख्लिफ अल जुबारीसँग गत बिहिबार विवाह गरेका हुन् ।



इराकमा भएको उक्त विवाहमा उनीसँगै उनका १७ वर्षिय र १६ वर्षीय दुई नातीले पनि हजुरआमाकै विवाहका दिन विवाह गरेका छन् । मुसलीले आफ्नी पहिली श्रीमतीको मृत्यु भएको तीन वर्षपछी २२ वर्षीय युवतीसँग विवाह गरेका हुन् । पहिली श्रीमतीबाट उनका १६ सन्तान रहेका छन् । विवाह पछी मुसलीले भने, 'विवाहपछी म धेरै खुसी छु । मैले आफ्ना दुई नातीसँगै विवाह गर्ने मौका पाए ।



मलाई अहिले लाग्दैछ म भर्खर २० वर्षको युवक हुँ ।'मुसलीका अनुसार उनका दुई नातीहरुको विवाह उनको विवाहका कारण पटकपटक पछी सरेको थियो । उनीसहित दुई नातीको विवाह गर्ने योजना भएको हुँदा नातीहरूको विवाह पटक-पटक सरेको बताएका छन् । उक्त विवाहका लागि करिब ४ घण्टा लागेको थियो । विवाहमा बाजासहित नाच, गान तथा हवाई फायर समेत गरिएको थियो ।source:nydailynews.com