के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन ८ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले बाढीपहिरोको प्रकोप फेरि बढेको, ८ जनाको मृत्यु भएको १४ बेपत्ता भएको खबरलाई मुख्य रुपमा छापेका छन् ।
कान्तिपुर दैनिकले एमाले हाइटेक शैलीमा जाने योजनामा रहेको खबर मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले सरुवा र बढुवामा बद्नामकै दबदबा भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राहतमा पनि आचारसंहिता जारी भएको खबर अन्नपूर्ण पोष्टले मुख्य खबर बनाएको छ भने जनसंख्याको ३४.६८ प्रतिशतमात्रै वास्तविक मतदाता रहेको खबर राजधानी दैनिकले मुख्य रुपमा छापेको छ ।1
2
3
4
5
6