के छापियो सोमबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन ७ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीको विस्तारित बैठकले पार्टीलाई एकल नेतृत्वमा लगि एक क्षेत्र एक केन्द्रीय सदस्य बनाउने निर्णय गरेकेा खबरलाई मुख्य रुपमा छापेका छन् ।
कान्तिपुर दैनिकले इजरायली राजदूत कृषि सिकाउने अभियानमा लागेको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले एमाओवादीमा २५ बर्षदेखि अधिनायकवादी नेतृत्व रहेको खबरलाई मुख्य बनाएको छ ।
पोलिटव्यूरोमा बढुवा विवादले एमाले केन्द्रीय समिति बैठक स्थगित भएको खबरलाई नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने अन्नपूर्ण पोष्ट दैनिकले राष्ट्रियताका विषयमा ज्ञानेन्द्रसँग पनि सम्झौता हुने माओवादीको भनाईलाई मुख्य रुपमा छापेको छ ।1
2
3
4
5
6
7